काठमाडौं, भदौ १४ । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुख अग्नि सापकोटाले बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन्।
बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसदको झल्को दिने गी एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगर्ने निर्णय गरेको आरोप लगाए।
सोमबार भक्तपुरस्थित रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए।
वर्तमान सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए। वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाइ छ।

























