बुटवल, भदौ ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयले जारी गरेको सोमबारको कार्यसूचीमा सोमबार मुख्यमन्त्रीले विश्वासको मतको मत लिने उल्लेख छ। माओवादीका केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ। सोमबार पनि बसेको पहिलो बैठकमा एमाले सांसदहरुले नारावाजी गरेका थिए। एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो। तर सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ।
Facebook Comments


























