काठमाडौं, भदौ ७ । नेकपा एमाले विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्।
माधव नेपाल समूहमा रहेपनि पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन्। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गरिसकेका छन्।
नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बताइएको छ। पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु र संस्थापन पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतबीच वार्ता भएको थियो।
केही दिन अगाडि पार्टी विभाजनमा तटस्थ बसेका नेताहरुको बैठकले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे माधव नेपालसँग जाने चेतावनी दिएका थिए।
Facebook Comments


























