साउन २२ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ।
टोकियोमा जारि ओलम्पिकको १४ औं दिनको खेल जारी रहदा २ सय ७२ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन्।
पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। चीनलाई अमेरिकाले पछ्याईरहेको छ। चीनले ३४ स्वर्ण पदकसहित कुल ७४ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले ३० स्वर्ण पदकसहित कुल ९२ पदक जितेको छ।
तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्णसहित कुल ४७ पदक जितेको छ। अष्ट्रेलियाले १७ स्वर्णसहित ४३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १६ स्वर्णसहित कुल ५९ पदक जितेर पाँचौं स्थानमा रहेको छ।
यस्तै ग्रेट ब्रिटेनले १६ स्वर्ण जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ। न्युजिल्याण्ड, फ्रान्स, नेदरल्यान्ड्स र इटालीले ७/७ स्वर्ण हात पारेका छन्। दक्षिण कोरियाले ६ स्वर्ण जित्दा क्यानडा, क्युवा र हंगेरीले ५/५ स्वर्ण जितेका छन्।
ब्राजिल, पोल्याण्ड र चेक रिपब्लिकले ४/४ स्वर्ण हात पार्दा स्पेन, स्विट्जरल्यान्ड, जमैका, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण पदक हात परेका छन्। दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन्। त्यस्तै २८ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन्। एजेन्सी


























