काठमाडौं, साउन २२ । नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा आज ५५ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ।
बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए।
उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए। ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए।
ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए।
Facebook Comments


























