साउन २१ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मुल्य भने घटेको छ। तोलामा १० ले घटेको चाँदी आज तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार २८५ मा कारोबार भएको थियो।
Facebook Comments


























