खोटाङ, साउन २१ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई भरुवा बन्दुक र गोलीसहित पक्राउ गरिएको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।
तामाङको घरबाट भरुवा बन्दुक १, तयारी बारुद २५० ग्राम, सोडा २५० ग्राम, सिसाको गोली २८, ढुंगाको छर्रा ३४, कराईको टुक्रा ४०, सलाई १, गोली बनाउन प्रयोग गरिने सिसा ३ बरामद गरिएको छ। हातहतियार सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
Facebook Comments


























