साउन २१ । गोलकिपर एलिसन बेकरले प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। ब्राजिलियन गोलकिपरले सन् २०२७ सम्म क्लबमा बस्ने गरि लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्।
एलिसन विश्वकै महँगा गोलकिपर बन्दै २०१८ मा लिभरपुल आएका थिए। २८ वर्षीय एलिसनलाई लिभरपुलले ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट क्लबमा अनुबन्धित गरेको थियो।
एलिसनले लिभरपुलका लागि १ सय प्रिमियर लिग खेल खेल्दै १ गोल समेत गरेका छन्। उनले लिभरपुलका लागि कुल १ सय ३० खेल खेल्दा ५७ क्लिन सिट निकालेका छन्।
एलिसनले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप उपाधि जितिसकेका छन्। सन् २०१९ को कोपा अमेरिका विजेता टोलीका सदस्य उनले ब्राजिलका लागि ४७ खेल खेलेका छन्। एजेन्सी
Facebook Comments


























