साउन २० । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता दुई खेलाडीमाथि अनुसन्धान थालेको छ। आईओसीले खेल भावना विपरीत कार्य गरेको विषयमा साइक्लिङका दुई स्वर्णधारी बाओ सान्जु र शङ टियान्सीमाथि अनुसन्धान सुरु गरेको हो।
टोकियो ओलम्पिकमा यी दुई जोडीले ट्रयाक साइक्लिङको महिला स्प्रिन्ट टिममा स्वर्ण पदक जितेका थिए। तर, पदक वितरण समारोहमा दुबै खेलाडी चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व नेता माओ त्सेतुङको ‘ब्याच’ लगाएर उपस्थित भएका थिए। जसको कारण उनीहरुमाथि अनुसन्धान थालिएको हो।
ओलम्पिक खेलकुद आयोजना स्थलमा कुनैपनि राजनैतिक, धार्मिक वा जातीयताको बारेमा प्रचार प्रसार र प्रदर्शन गर्न नपाईने ओलम्पिकको नियम रहेको छ। आईओसीले दुई खेलाडीले नियम तोडेको विषयमा चिनियाँ ओलम्पिक कमिटिसँग रिपोर्ट माग समेत गरेको छ। एजेन्सी
Facebook Comments


























