साउन २० । अमेरिकी एथलेटिक्स खेलाडी सिड्नी मेक्लफलिनले टोकियो ओलम्पिकमा विश्व कीर्तिमानी समयसहित स्वर्ण पदक जितेकी छिन्। सिड्नीले महिलाको ४०० मिटर हर्डल्समा कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन्।
ओलम्पिक स्टेडियममा सिड्नीले निर्धारित दुरी ५१.४६ सेकेन्डमा पूरा गरिन्। सिड्नीले आफ्नै नामको कीर्तिमान भङ्ग गरेकी हुन्। यस अघि उनको नाममा ५१.९० सेकेन्डको कीर्तिमान रहेको थियो।
यस स्पर्धामा अमेरिकाकै डालिल्हा मुहमदले ५१.५८ सेकेन्डको समय निकाल्दै रजत जितिन्। डच खेलाडी बोल फेम्कीले ५२.०३ सेकेन्डको समयसहित कास्य पदक जितिन्। एजेन्सी
Facebook Comments


























