जेष्ठ ९ । पूर्व ब्याट्म्यान रोबिन उथप्पाले विदेशी टी–२० प्रतियोगितामा खेल्न आफ्नो देशका खेलाडीमाथि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन्।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ईन्डियन प्रिमियर लिग (आईपीएल) बाहेक अन्य फ्रेन्चाईज खेल्न आफ्ना खेलाडीमाथि रोक लगाउदै आएको छ।
कृपया हाम्रो ईश्वरप्रति ईमान्दार रहन दिनुस’ सन् २००७ मा टी–२० विश्वकप विजेता टिमका सदस्यले भनेका छन्।
‘यसले दुखी बनाउँछ, जब तिमी गएर खेल्न पाउदैनौ।’ उनले भने।
भारतीय क्रिकेट बोर्डको नियम अनुसार कुनैपनि भारतीय खेलाडी विदेशमा हुने व्यवसायीक क्रिकेट प्रतियोगिता जस्तै अष्ट्रेलियन बिग बास, क्यारेबियन प्रिमियर लिग, बेलायतमा हुने द हन्ड्रेड जस्ता प्रतियोगितामा भाग लिन पादैनन्।
तर महिला खेलाडी स्मृति मंधाना र हरमनप्रित कौरले अष्ट्रेलियामा महिला बिग बास र ईङ्ल्याण्डको सुपर लिग खेलिसकेका छन्।
‘यदी हामी गएर केही एक–दुई प्रतियोगिता खेल्न पायौ भने राम्रो हुने थियो। किनकी एउटा खेलको विद्यार्थीको रुपमा तिमी सिक्न चाहन्छौ र जति सक्दो आफुलाई सुधार गर्न चाहन्छौ।’ ३४ बर्षका उथप्पाले भने।
उथप्पाले सन् २००८ बाट सुरु भएको आईपीएलका सबै १२ सिजन खेलेका छन्।
केही हप्ता अघि मात्र भारतीय ब्याट्सम्यान सुरेश रैनाले समेत बीसीसीआईले विदेशी टी–२० प्रतियोगिताका सम्बन्धमा नियम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।
उथप्पाले सौरभ गांगुली बीसीसीआईको नेतृत्वमा आएपछि बोर्डले नियम परिवर्तन गर्न सक्ने धारणा राखे।
‘उनी निकै प्रगतिशिल सोचका मानिस हुन्। उनी सधै भारतलाई अर्को स्तरमा लैजान चाहन्छन्।’ उथप्पाले भने, ‘हामी आशा गछौ, उनले यस बिषयमा सोच्नेछन्।’
कोरोना भाईरसको महामारीका कारण यस सिजनको आईपीएल अनिश्चित बनेको छ। कोरोनाकै कारण आईपीएल मार्च २९ बाट मे २४ सम्मका लागि स्थगित गरिएको थियो। एजेन्सी


























