काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई सरूवा गरेर प्रसुती तथा स्त्री रोग अस्पताल पठाएको छ।
युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाउँदै गौतमलाई मन्त्रीस्तरीय निर्णयका आधारमा थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो। डा.गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाइएको छ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा.गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो। त्यसअघि गौतम प्रसुती अस्पतालमै कार्यरत थिए।
यसैबीच स्वास्थ्य समन्वय शाखामा डा। विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा.रीता जोशीलाई पठाइएको छ।
Facebook Comments


























