साउन १८ । साताको दोस्रो दिन आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ०६ अंकले बढेर ३ हजार ८५ दशमलव ०७ को विन्दुमा कायम भएको छ।
आज दिनभरिमा २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर सकनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै अरुण कावेली पावर कम्पनीको शेयर कारोबार भएको छ। कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ। यूनिभर्सल पावर कम्पनीको ३५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स कम्पनीको ३४ करोड ३ लाख, नागरिक लगानी कोषको ३२ करोड १९ लाख, रिडी हाइड्रोपापर कम्पनीको २८ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यसैगरी आज सबैभन्दा धेरै घलेम्दाी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स र यूनाइटेड इदी मर्दीका लगानीकर्ताले गुमाएका छन्।


























