साउन १८ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ। टोकियोमा जारि ओलम्पिकको नवौं दिन सकिदा कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन्।
ओलम्पिकको नवौं दिनसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनलाई अमेरिकाले पछ्याईरहेको छ। चीनले २४ स्वर्ण पदकसहित कुल ५१ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण पदकसहित कुल ५९ पदक जितेको छ। तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३१ पदक जितेको छ।
अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १२ स्वर्णसहित कुल ४४ पदक जितेर पाँचौं स्थानमा रहेको छ। यस्तै ग्रेट ब्रिटेनले १० स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ५/५ स्वर्ण जितेको छ। इटाली, नेदरल्यान्ड्स, जर्मनी, चेक रिपब्लिक र न्युजिल्याण्डले ४/४ स्वर्ण पदक जितेको छ। क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ।
२ स्वर्ण जित्ने राष्ट्रमा चाईनिज ताइपे, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार र स्लोभानिया रहेको छ। त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या ३० पुगेको छ। एजेन्सी


























