साउन १८ । घरेलु टोली वेस्ट इन्डिज र पाकिस्तानबीचको तेस्रो टी-ट्वान्टी क्रिकेट नतिजा विहीन सकिएको छ। गुएनामा आइतबार राति भारी वर्षाको कारण तेस्रो टी-ट्वान्टी नतिजा विहीन सकिएको हो।
वर्षाले खेल प्रभावित गर्नु अघि वेस्ट इन्डिजले १ ओभर २ बलमा बिना विकेटको क्षतिमा १५ रन जोडेको थियो। तेस्रो खेल रद्द भएसँगै ४ खेलको सिरिजमा पाकिस्तान १-० ले अघि रहेको छ। दुई टिमबीचको अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ।
यस अघि पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो। दोस्रो खेल भने पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले पराजित गरेको थियो। एजेन्सी
Facebook Comments


























