काठमाडौं, साउन १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ।
एन्फाले आइतबार ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। एन्फाले कात्तिक २९ गतेबाट लिग खेल्न क्लब सहमत भएको जनाएको छ। यस अघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो।
तर, अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडी सारिएको हो। साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ। यस पटकको लिगबाट पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन्।
Facebook Comments


























