साउन १४ । जारी टोकियो ओलम्पिकमा चीनले नयाँ कीर्तिमान बनाएको छ। चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो।
बिहीबार चीनले ७ः४०.३३ मिनेटको सम य निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो। टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्याएको छ। यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७ः४१.५० मिनेटको कीर्तिमान बनाएको थियो।
याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो। अमेरिकाले ७ः४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७ः४१.२९ मिनेटसहित कास्यपदक जितेको छ।
ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ।
Facebook Comments


























