चितवन, साउन १४ । चितवनमा जारी निषेधाज्ञा साउन २४ गते सम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा साउन २४ गते सम्म थप गरेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको बताईएको छ। प्रशासनले कक्षा ११ तथा १२ लगायत निर्धारित अन्य परीक्षा संचालन गर्दा एउटा कोठामा २५ जना भन्दा बढी राख्न नपाईने र एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखेर परीक्षा संचालन गर्नुपर्ने बताईएको छ।
भौतिक दुरी कायम गरी परीक्षा व्यवस्था गर्नुपर्ने प्रशासनले आदेश गरेको छ। त्यस्तै चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको छ।



Facebook Comments


























