काठमाडौं, साउन १४ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा.प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा हुनेछ।
नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्ना तथा अनसन जारी छ। नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा तोकिए पनि महाधिवेशन हुने सम्भावना न्यून बन्दै गएको भन्दै विशेष महाधिवेशनको चर्चा समेत शुरू भएको छ।
Facebook Comments


























