काठमाडौं, साउन १२ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज एक बजे नै बस्ने संसद सचिवालयले जनाएको छ।
Facebook Comments


























