साउन ४ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले नेपाल-खनाल समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन्।
थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताएका छन्। उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन्।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,’ २०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो। काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’
Facebook Comments


























