साउन ४ । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन्। नेता थापाले ट्वीट गर्दै बलुवाटारमा पार्टी बैठक नराख्न गरेको अनुरोधमा सभापति देउवा सकारात्मक रहेको जानकारी पनि गराएका छन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अवदेखि त्यस्टो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ। प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला,’ थापाले ट्वीटमा भनेका छन्।
Facebook Comments


























