साउन २ । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन्। टोकियो ओलम्पिकको आयोजक कमिटिले शनिबार ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ।
टोकियो ओलम्पिकको सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण भएको बताए। टोकियो ओलम्पिक सुरु हुन ६ दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना संक्रमित भेटिएको हो। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।
कोरोना संक्रमित व्यक्त खेलाडी नभएको बताईएको छ। उनी खेल आयोजनामा संलग्न रहेको बताईएको छ। आयोजकले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ।
कोरोना संक्रमण देखिएपछि उनलाई भिलेजबाट निकालेर छुट्टै स्थानमा आइसोलेसनमा राखिएको बताईएको छ। टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
Facebook Comments


























