मुम्बई, साउन २ । चाँडै नै सोनी टेलिभिजनको हिट गायन रियालिटी शो ‘इण्डियन आइडल १२’को फाइनल हुँदैछ। निर्माताहरु यो फाइनललाई सम्झनलायक बनाउन कम्मर कसेर लागेका छन्।
यो शोको फाइनल अगष्ट ५ मा हुँदैछ। फाइनललाई १२ घण्टासम्म प्रसारण गर्ने निर्माताको योजना छ। फाइनलमा शोको हिस्सा बनिसकेका प्रतिष्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन्। यसबाहेक बलिउडका चर्चित गायकगायिकाको पनि उपस्थिति हुनेछ।
यद्यपि ‘इण्डियन आइडल १२’ विवादरहित छैन। शोका प्रतिष्पर्धी पवनदीप र मोहम्मद दानिश तथा अरुणिता कांजीलालको फेक प्रेमकथाले शोमा निकै हंगामा गरेको छ। बलिउड लाइफ
Facebook Comments


























