असार ३१ । स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन्। अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन्। जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको दाबी गरिएको छ। तर, मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ।
क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन्। मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन्।
Facebook Comments


























