काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ। निर्वाचन आयोग स्रोतले दिएको जानकारी अनुसार भविसोर पराजुलीले असार २३ गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।
लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्रको दर्ता खारेज गर्न र यसले गरेका कारबाहीलाई अवैधानिक ठहर गर्न माग गरिएको थियो। माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवै आयोगले खारेज गरेको स्रोतले जनाएको छ।
माओवादी छाडेर एमाले बनेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतको पहलमा निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको थियो।
Facebook Comments


























