काठमाडौं, असार २६ । नेकपा एमाले कार्यदलको माधव नेपाल पक्षका नेताहरू कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधान उन्मुख भएको र आज हुने कार्यदलको बैठकले टुंगोमा पुर्याउने बताइरहेको अवस्था नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
नेताहरू अझै पनि आन्तरिक छलफलमा व्यस्त भएकाले आजको कार्यदल बैठक बस्न ढिलाइ भएको छ। बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन्। उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए। ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन्।
एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो। सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक हुन लागेको हो।
आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए। उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए।


























