भक्तपुर, असार २६ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिङटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीसहित कोठामा जुवा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुका अनुसार भण्डारीको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























