असार २६ । भारत र श्रीलंकाबीचको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज सरेको छ। घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि सिरिज सरेको हो।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो। भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो। तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ।
यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज जुलाई २४ मा सुरु हुनेछ। यस अघि जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो। ऐन्सी
Facebook Comments


























