असार १९ । चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे। दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल नै ब्राजिललाई सेमिफाइनल पर्याउन पर्याप्त बन्यो।
५०औँ मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो। अब ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ। शनिबारको पहिलो क्वार्टरफाईनलको खेलमा पेरुसंग पाराग्वे पराजित भएको थियो। एजेन्सी
Facebook Comments


























