असार १४ । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ। सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो।
पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो। खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए।
तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए। उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरे। यस बराबरीसँगै समूह ‘बी’ को ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो।
इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो। इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ। एजेन्सी
Facebook Comments


























