काठमाडौं, जेठ १७ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।
बिहान १० बजे बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचन र अन्य तयारीका लागि बैठक स्थगित गरिएको हो। एमालेको स्थायी कमिटी बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको थियो।
Facebook Comments


























