जेठ ९ । एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आइतबार एसिया कप क्रिकेट स्थगित गरिएको जनाएको छ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ। एसीसीले स्थगित एसिया कप २०२३ मा आयोजना गरिने जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजनाको तय भईसकेको कारण यस संकरणको एसिया २०२३ मा हुने बताईएको छ।
श्रीलंकामा हुने एसिया कप यस वर्षको मध्यमा आयोजना गरिने तय थियो। गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप कोरोना भाईरसको कारण एक वर्ष स्थगित गरिएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी
Facebook Comments


























