चितवन, असार २२ । नेकपामा पछिल्लो समय देखिएको विवादलाई लिएर नेकपा पार्टी कार्यालय चितवनमा बिरोध गरिएको छ।
एकताको लागि दबाब अभियानको आयोजनामा भएको बिरोध कार्यक्रममा सयौको संख्यामा युवाहरुको उपस्थिति रहेको थियो। नीति र बिधि प्रधान पार्टी निर्माण गर्नका लागि दबाब सिर्जना गर्न भरतपुरमा रहेको नेकपाको पार्टी कार्यालयमा बिरोध कार्यक्रम गरिएको युवा नेता सुरजसिंह ठकुरीले जानकारी दिए।
कार्यक्रममा सहभागी युवाहरुले पछिल्लो समय पार्टीमा देखिएको विवाद, एमसिसि खारेज, नागरिकता बिधेयक तत्काल पारित गर, संसद अधिबेशन चालु गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

कार्यक्रममा अर्का युवा नेता सन्तोष पनेरुले साना तिना बिषयमा पार्टी भित्र विवाद आउनु दुःखद भएको बताउदै तत्काल समस्याको समाधान गर्न आग्रह गरे।पनेरुले आफुहरु जनवादी केन्द्रीयताको पार्टी चाहेको बताउदै नेता तिमि के चाहन्छौ ? भन्दै प्रश्न गरे।


























