जेठ ९ । पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशले श्रीलंकालाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको छ। ढाकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रन बनायो। बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै महमुदउल्लाहले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान तमिम इकबालले ५२ रनको अर्धशतकीय इनिङ्स खेले। अफिफ होसेनले अविजित २७ रन जोड्दा मोहमद सैफुदीन १३ रनमा अविजित रहे।
शकिब अल हसन १५ रनमा आउट भए। श्रीलंकाका लगी धनन्जय डी सिल्भाले ३ विकेट लिए। दुश्मन्था चामिरा, दनुश्का गुनाथिलका र लक्षण सन्दुकनले एक एक विकेट लिए। तीन खेलको एकदिवसीय सिरिजका लागि श्रीलंका बंगलादेशको भ्रमणमा रहेको छ। एजेन्सी
Facebook Comments


























