चितवन । भरतपुर अस्पतालकाे आकस्मिक कक्ष (इमर्जेन्सी) बाट शनिबार राति ८ बजेदेखि सेवा सुरु भएकाे छ। आकस्मिक कक्षमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएपछि साउन २९ गतेदेखि उक्त कक्ष सिल गरिएकाे थियाे। राेगकाे संक्रमणकाे जाेखिमलाई ध्यानमा राख्दै विशेष तरिकाले सेवा सुरु गरिएकाे अस्पतालका सूचना अधिकारी लीलाधर पाैडेलले जानकारी दिए।
Facebook Comments


























