जेठ ८ । अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ। कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो।
अर्जेन्टिना फुटबल एसोसियसनले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ। अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ। कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनाबाट सुरु हुने तालिका रहेको छ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ। सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो। एजेन्सी
Facebook Comments


























