जेठ ८ । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको जारी सिजनको अन्तिम खेल नखेल्ने भएका छन्। बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नै लाग्दा मेस्सी भने उक्त खेलमा अनुपस्थित हुने भएका छन्।
बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आराम दिइएको जनाएको छ। मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताईएको छ। कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ। बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ। एजेन्सी
Facebook Comments


























