काठमाडौं, जेठ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ड पुगेका छन्। कांग्रेस पदाधिकारी बैठक सकिएलगत्तै देउवालाई भेट्न दाहाल बूढानिलकण्ड पुगेका हुन्।
देउवाको निवासमा हुने सर्वदलीय छलफलमा सहभागी हुन दाहाल बूढानिलकण्ठ पुगेका हुन्। कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका बेला दाहाल बूढानिकलण्ठ पुगेका हुन्।
देउवा निवासमा अहिले सर्वदलीय बैठक पनि बस्दैछ। सर्वदलीय छलफलपछि कांग्रेसको तयारीले पूर्णता पाउनेछ। अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको थियो।
Facebook Comments


























