काठमाडौं, जेठ ७ । विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। पार्टी पदाधिकारी बैठक पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठकमा पछिल्लो राजनीतिक घटनाका विषयमा छलफल भएको थियो। देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै उपयुक्त निर्णय लिइने बताए।
उनले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भएको जानकारी दिँदै अब कसरी अघि बढ्ने भन्नेबारेका विकल्पका विषयमा कुराकानी भएको बताए।
उनले अब केही बेरमा उपयुक्त निर्णय लिने बताए। प्रचण्ड शीर्ष नेताको छलफल पछि पार्टीको स्थायी कमिटी बैठकमा जानेछन्। बैठक १ बजेलाई पेरिसडाँडामा बोलाइएको छ।
Facebook Comments


























