काठमाडौं, जेठ ७ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आह्वान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको हो।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक बस्नेछ। राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आज बेलुकीको समय दिएकी छन्।
Facebook Comments


























