काठमाडौं, जेठ ७ । नेकपा एमाले नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएपछि नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा अोली नेतृत्वको सरकारबारे थप निर्णय गर्न छलफल जारी रहेको नेपाल निकट एक नेताले जानकारी दिए। संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जाने निर्णय गरेको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन्।
Facebook Comments


























