काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा विशेषगरी पछिल्ला राजनीतिक घटनाक्रम बजेग अधिवेशन आब्हान गर्न सरकारले गरेको विलम्व लगायत विषयमा छलफल हुने सचेतक पुष्पा भुषालले जानाकारी दिइन्। भुसालका अनुसार आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) बमोजिम गठन भएको सरकार र सरकारले अब ल्याउने बजेट त्यसका साथै कोरोना नियन्त्रण लागयतका विषयमा छलफल हुने छ।
गत बैशाख ३१ गते संसदमा प्रतिनिधित्व गर्ने ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले त्यसको ३० दिनभित्र विश्वासको मत नलिइन पूर्ण बजेट ल्याउन नमिल्ने कांग्रेसले बताउँदै आएको छ।
Facebook Comments


























