जेठ ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र फुलहमले बराबरी खेलेका छन्। मंगलबार राति भएको खेलमा युनाईटेड र फुलहमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेड अंक बाड्न बाध्य भयो। ओल्ड ट्राफोर्डमा १५औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। ७६औँ मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा फर्काए।
बराबरीसँगै युनाईटेड ३७ खेलमा ७१ अंकसहित दोस्रो स्थानमा यथावत छ। फुलहम २८ अंकसहित १८औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























