काठमाडौं, जेठ ४ । जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयको पत्र संसद सचिवालयमा दर्ता भएको छ। आज दर्ता भएको पत्रमा जसपाको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको जानकारी गराउँदै अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।
पत्रमा बैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको जानकारी गराइएको छ।
महतोलाई संसदीय दलको नेता बनाउने बैठकमा जसपाको उपेन्द्र यादव समूहका सांसदहरु उपस्थित थिएनन्। जेठ १ गते बसेको यादव पक्षका नेताहरुको बैठकले नेता महतोलाई दलको नेता बनाउनु विधान विपरित भएको निष्कर्ष निकालेको थियो।
त्यसअघि आजै जसपाका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार गठन भएमात्रै सरकारमा जाने उल्लेख गरेका थिए।
Facebook Comments


























