जेठ ३ । अष्ट्रेलियाका ब्याट्सम्यान मार्नुस लाबुस्चाग्ने वेस्ट इन्डिज भ्रमण गुमाउने भएका छन्। वेस्ट इन्डिज भ्रमणका लागि अष्ट्रेलिया घोषणा गरेको प्रारम्भिक टिममा मार्नुस परेका छैनन्।
अष्ट्रेलियाले वेस्ट इन्डिज भ्रमणका लागि प्रारम्भिक चरणमा २३ खेलाडीको घोषणा गरेको छ। भ्रमण समस्याको कारण २६ वर्षीय मार्नुस टिममा नपरेको बताईएको छ। अष्ट्रेलियाले जुलाईमा वेस्ट इन्डिजको भ्रमण गर्दैछ।
वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी-ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ। जुलाई ९ देखि १६ सम्म टी-ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ। एजेन्सी
Facebook Comments


























