वीरगञ्ज, जेठ ३ । कोरोना सङक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ। सङ्क्रमण फैलिने जोखिमलाई ख्याल गर्दै भेटभाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ।
जेलर शम्भुप्रसाद यादवले जिल्लामा सङ्क्रमितको सङ्ख्या वृद्धिभएकाले कैदी बन्दीसँगका भेटघाट बन्द गरिएको जानकारी दिए। कारागारमा हाल १४ महिला सहित ३६७ बन्दी छन्। वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए। कारागारमा महिला पुरुष गरी १ हजार २ सय ६८ बन्दी छन्। रासस
Facebook Comments


























