बैशाख ३० । नेकपा एमालेकी नेतृ रामकुमारी क्राँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न नहुने धारणा राखेकी छन्।
अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानीलकण्ठमा निर्णायक वार्ता भइरहँदा नेतृ झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने धारणा राखेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ठोस प्रस्ताव बिनाको संवादको अर्थ नहरेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’
Facebook Comments


























