काठमाडौं, बैशाख ३० । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। देउवा निवास बूढानीलकण्ठमा बैठक चलिरहेको हो।
बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ।पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ।
यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए। प्रचण्ड र देउवाबीच समयमै बहुमतको सरकार गठनमा दाबी गर्ने सहमित भएको थियो।
भर्खर
Facebook Comments


























