बैशाख १५ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बुटवलविरुद्ध चितवनले २-१ को अग्रता बनाएको छ। खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट चितवनले अग्रता बनाएको थियो। खेलको १९ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ३२ औं मिनेटमा आशिष लामाले गोल गर्दै बुटवललाई २-१ को स्थितिमा ल्याएका छन्।
Facebook Comments


























